Logo

असार १ गतेबाट लकडाउन खुकुलो हुने, प्रस्ताव अन्तिम चरणमा



काठमाडौं, २७ जेठ । देशमा असार १ गतेबाट लकडाउन खुकुलो हुने भएको छ । त्यसका लागि मोडालिटी अन्तिम चरणमा पुगेको हो ।

लकडाउन खुकुलो बनाउन अध्ययन गरिरहेको समन्वय समितिका सदस्यसचिव तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायण प्रसाद बिडारीले असार १ गतेबाट प्रस्ताव खुकुलो हुने सम्भावना रहेको जानकारी दिएका छन् । उनले अत्यावश्यक सेवा, कृषि, विकास निर्माणका कामहरुलाई प्राथमिकतामा राखेर सञ्चालन गर्न दिइने मोडालिटी तयार भइरहेको बताए ।

कोभिड १९ सम्बन्धी संयन्त्र र समितिले छुट्टाछुट्टै मस्यौदा बनाइरहेका छन् । सुरक्षा निकायले पनि सुझाव पेश गर्न मोडालिटी बनाएको बुझिएको छ । ती सबै सुझावबारे प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गरेका छन् । हिजो उपप्रधानमन्त्री इश्वर पोखरेलको नेतृत्वमा रहेको समन्वय समितिले १० चरणको लकडाउन मोडालिटीबारे प्रधानमन्त्री ओलीसँग छलफल गरेको थियो । मोडालिटी मस्यौदाबारे छलफल भएको हो ।

मोडालिटी मस्यौदामा सार्वजनिक यातायात सञ्चालनको मिति र विधिबारे समेत उल्लेख गरिएको छ । सार्वजनिक यातायातलाई आधा सिट मात्र राखेर सञ्चालन गर्न दिने तयारी छ । अत्यावश्यक कामकाजका लागि निजी सवारी साधन पनि आधा सिट मात्र सञ्चालन गर्न दिने तयारी छ ।

मोडालिटी मस्यौदामा निजी शैक्षिक संस्था साउन पछि मात्र सञ्चालन गरिने उल्लेख छ । उद्दोग कलकारखाना र व्यवसायभ ने निश्चित मापदण्ड तोकेर असारको दोस्रो हप्ताभित्र खुलिसक्नेछन् । विकास निर्माणको काम १ असारबाट सञ्चालन गर्न दिने तयारी छ ।-File Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्