अछाम,जेठ २७ । अछामबाट हेलिकोप्टर मार्फत उद्धार गरी उपचारका लागि कोहलपुर पुगाएकी एक गर्भवतीमा कोरोना पुष्टि भएको छ। जिल्लाको चौरपाटी गाउँपालिका–५ कि गर्भवतीमा कोरोना पुष्टी भएको हो।
भारतबाट आएर ११ दिनदेखि क्वारेन्टाइनमा रहेकी गर्भवती महिलामा स्वास्थ्य समस्या देखिएपछि सोमवार उद्धार गरी कोहलपुर मेडिकल कलेज पठाईएको थियो। उनको कोहलपुरमा भएको परिक्षणका क्रममा कोरोना रिर्पोट पोजेटिभ आएको हो।