Logo

सेनाका ब्यारेकमा गाईभैंसीको दूध खान रोक



काठमाडौं, जेठ २७ । नेपाली सेनाले आफ्ना कर्मचारीलाई गाईभैंसीको दूध खान÷खुवाउन रोक लगाएको छ। कोरोना संक्रमणकै समयमा नेपाली सेनाको आपूर्ति तथा परिवहन निर्देशनालयले एक परिपत्र गरी गाईभैंसीको दूध खान÷खुवाउन रोक लगाएको हो।

यही जेठ १९ गते सोमबार नेपाली सेनाका महासेनानी सन्तोषराज पाण्डेको हस्ताक्षरमा गरिएको परिपत्र अनुसार गाईभैंसीको दुधको सट्टा पाउडर दूध आपूर्ति गर्न ठेकेदारलाई निर्देशन दिइएको छ।

नेपाली सेनाले माघमा सैनिक ब्यारेकहरुमा रासन आपूर्ति गर्न ठेक्का लगाएको थियो। ठेक्का अनुसार मुलुकभर १२ जना ठेकेदारलेले सेनाको सबै ब्यारेकमा रासन आपूर्ति गरिरहेका छन्। सेनाले तोकेको मापदण्ड अनुसार ठेकेदारले रासन आपूर्ति गरिरहेका बेला आपूर्ति तथा परिवहन निर्देशनालयले गाईभैंसीको दूधको सट्टा होल मिल्क ९पाउडर० दूध दिन परिपत्र गरेपछि ठेकेदारले विभिन्न डेरी उद्योग र गाईपालकसँग गरेको सम्झौतासमेत रद्द गर्नुपर्ने अवस्था आएको छ। परिपत्रपछि एक वर्षसम्म किसानले उत्पादन गरेको दूध नेपाली सेनाका ब्यारेकमा आपूर्ति गर्न पाइने छैन।

सेनाले ठेकेदारले सम्झौताविपरीत दूध आपूर्ति गरेको भन्दै रोक्न परिपत्र गरेको जनाएको छ। सैनिकलाई गाईभैंसीको दूध मन पर्ने भएपछि ठेकेदारले पाउडर दूधको बजार भाउभन्दा निकै कमदर रेट हाल्ने र अहिलेचाहिँ दिन सकिँदैन भनेर पन्छिन थालेपछि पाउडर दूध उपलब्ध गराउनु भनी परिपत्र गरेको सेनाको दाबी रहेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्