Logo

न्यौपानेले गणतन्त्रमाथि प्रश्न उठाएपछि यसरी जंगिए मनिष सुमन (भिडिओसहित)



काठमाडौं, २७ जेठ । बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नेपालले संघीय लोकतान्त्रिक गणतन्त्र धान्न नसक्ने बताएका छन् । उनले नेपालमा अब दश जनाभन्दा बढिको मन्त्रिमण्डल र सय जनाभन्दा बढिको संसद हुन नहुने तर्क गरे । मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अधिवक्ता न्यौपानेले यस्तो बताएका हुन् ।

उनले आफूहरुले देशमा भएका केन्द्र, प्रदेश, स्थानीय सरकार र जिल्ला प्रशासन खारेजीको माग गरेको पनि सुनाए । उनले पञ्चायत कालदेखि अहिलेसम्मको राजनीतिज्ञको एकचोटी सम्पत्ति छानबिन गर्नुपर्नेपनि बताए । तीस लाखभन्दा सबै महँगा गाडी लिलाम गरेर टुँडीखेलमा लगेर लिलाम गर्नुपर्ने पनि उनले आफ्नो माग सुनाए । न्यौपानेले नेपालको सिस्टम नै जाने दाबी गरे । तर, जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य तथा प्रदेश नम्बर २ का सदस्य मनिष सुमनले आफुहरुले लडेर ल्याएकोले संघीयता कसैले केही होईन भन्दैमा नपत्याउने जवाफ फर्काए ।



प्रतिक्रिया दिनुहोस्