Logo

नापी सर्वेक्षकमाथि ५ करोड भ्रष्टाचारको मुद्दा



काठमाडौ, २७ जेठ । नापी कार्यालयका सर्भेक्षक राजेन्द्र काफ्लेमाथी ५ करोड भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । नापी कार्यालय भक्तपुरका सर्भेक्षक काफ्लेले भक्तपुर र काभ्रेमा महङ्गो मूल्यमा जग्गाहरु खरिद गरी लिखतमा कम मूल्य देखाएको भन्ने उजुरीको आधारमा अनुसन्धान भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा सार्वजनिक गैरकानूनी रुपा आर्जन गरेको ५ करोड ४३ लाख २७ हजार ९९ रुपैयाँ रकम गैरकानुनी भएको पृष्टि भएको थियो ।

उनले श्रीमती सुशिला काफ्लेको नाममा लुकाई राखेको भेटिएकोले सुशिला काफ्लेलाई समेत प्रतिवादी कायम गरी निजको नाममा रहेको सम्पत्तिसमेत जफत गर्न मागदाबी लिई आज अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्