Logo

कारको ठक्करबाट बावु छोराको मृत्यु, दुई घाइते



कैलाली,जेठ २८ । कैलालीमा बा ८ च २१०० नम्बरको कारको ठक्करबाट बावु छोराको मृत्यु भएको छ ।

जिल्लास्थित घोडाघोडी नगरपालिका १ सुखडमा मंगलबार राती साईकलमा रहेका घोडाघाडी नगरपालिका १ जनकपुरका २६ बर्षिया सोनिया चौधरी र उनका छोरा ५ बर्षिया कृष्टन चौधरीलाई कारले ठक्कर दिएको थियो ।

साइकललाई ठक्कर दिने कार र चालक हाल प्रहरीको नियन्त्रणमा रहेको र उक्त कारले से ५ प ५७०६ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा दुई जनालाई घाइते बनाइको थियो ।

ठक्कर दिएपछि भाग्दै गरेको कार अनियन्त्रित हुँदा साइकल सवार दुई जनाले ज्यान गुमाउनुपरेको प्रहरीले बताएको छ । घाइते मोटरसाईकल सवार दुई जनालाई उपचारकालागि काठमाडौं रिफर गरिएको छ।



प्रतिक्रिया दिनुहोस्