काठमाडौँ, २८ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरसबाट मृत्यु भएका १५ जना कोरोनाकै कारणले मृत्यु नभएको स्पष्ट पारेका छन् ।
आज प्रतिनिधिसभाको विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्रीले यस्तो प्रश्न उठाएका हुन्। कोरोनाबाट मृत्यु पुष्टि भएकाहरु सबै कुनै न कुनै किसिमका रोगीहरु रहेको प्रधानमन्त्री ओलीले बताए ।
अहिलेलाई कोरोनाका कारण मृत्यु भनिएपनि सबै कोरोनाबाट मरेको भन्न नसकिने उनले स्पष्ट पारे प्रधानमन्त्री ओलीले कोरोना मृतक प्रति दिएको जवाफमा सांसदहरुले आपत्ति जनाउदै सरकारले कोरोनाका कारण मृत्यु भएकाहरुको बारेमा ढाकछोप गरेको आरोप लगाए।
आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयक निर्र्णयार्थ प्रस्तुत गरेकोमा सदनले बहुमतले पारित गरेको छ । यसअघि अर्थमन्त्री डा युवराज खतिवडाले बैठकमा उक्त विनियोजन विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा सभामुखले उक्त प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।File Photo