Logo

प्रहरी नायब निरीक्षकसहित २ जना अख्तियारको फन्दामा



काठमाडौ, २८ जेठ । प्रहरी नायब निरीक्षक दिल बहादुर महरामाथी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । कैलाली गौरीगंगा नगरपालिका १० का बृख बहादुर धामीसँग मिलेमतोमा प्रहरीका कर्मचारीले घुस लिएको उजुरीको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको हो ।

अनुसन्धानबाट सेवाग्राहीको घरायसी झगडा सम्बन्धी ईलाका प्रहरी कार्यालय मसुरीया कैलालीमा दर्ता भएको मुद्दामा धामीमार्फत र प्रहरी नायब निरीक्षक दिल बहादुर महराले ५० हजार घुस रकम बुझेको प्रमाणित भएको थियो ।

मुद्दा मिलाउन मध्यस्थकर्ताको काम गर्ने गौरीगंगा नगरपालिका १० उदाशिपुरका बृख बहादुर धामी र निरीक्षक दिल बहादुर महरालाई कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्