काठमाडौं, २९ जेठ । भ्रष्टाचारमा दोषी ठहरपछि जेल सजाय भोगेका पूर्व आइजीपी रमेश चन्द ठकुरी आज रिहा हुने भएका छन् । उनी एक वर्ष कैद सजाय भुक्तानी गरी छुट्न लागेका हुन् ।
डिल्लीबजारस्थित कारागारमा झण्डै एक वर्ष कैद सजाय भुक्तानी गरी उनी छुट्न लागेका हुन् । सुडानस्थित संयुक्तराष्ट्रसंघीय मिसनका लागि एपीसी खरिदमा उनीसहित प्रहरी अधिकृतहरुलाई भ्रष्टाचारको अभियोगमा अदालतले दोषी ठहर गरेको थियो ।
एक वर्षको जेल सजाय भएपनि उनी केही दिन छुट पाएर छुट्न लागेका हुन् । ठकुरी बहालवाला आइजीपी हुँदा भ्रष्टाचारको अभियोग लागेर पद गुमाउन पुगेका थिए ।