काठमाडौं, जेठ २९ । कालिकोठको नरहरीनाथ गाँउपालिका १ लालिघाट बजारमा भएको टिप्पर दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएकी निस्पता सार्कीको विहान किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मीन सार्कीलाई किष्ट अस्पतालबाट थप उपचारका लागि वीर अस्पतालको टर्मा सेन्टरमा रिफर गरिएको छ । बुधबार दिउँसो भारतबाट आएका जिल्लावासीलाई बोकेर क्वारेन्टाइनतर्फ जाँदै गरेको ना ८ ख ५१३३ नम्बरको टिप्पर कर्णाली नदीमा खसेको थियो ।
दुर्घटनामा घाइते १२ जना घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । बाँकि १० जना घाइतेको जिल्लाकै अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेका दुई जना अझै वेपत्ता छन भने दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो ।