काठमाडौं, २९ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नयाँ प्रवक्ता डा. जागेश्वर गौतमले आफूहरुले अहिले कोरोना परीक्षणको दायरा बढाएको स्पष्ट पारेका छन्बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै गौतमले यस्तो बताएका हुन् । उनकाअनुसार दैनिक औसत पाँच हजार जनाको कोरोना परीक्षण भैरहेको छ ।