Logo

लकडाउन खुकुलोसँगै युवाको आक्रोश, हजारौं उत्रिए सडकमा



काठमाडौं, २९ जेठ । सरकारले ७८ दिनपछि लकडाउन खुकुलो पारेलगत्तै असन्तुष्ट युवाहरु सडकमा ओर्लिएका छन् । उनीहरुले सरकारले राहत नदिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै विरोध प्रदर्शन गरेका छन् ।

आज विहानै गहना पोखरी क्षेत्रमा हजारौंको संख्यामा युवाहरु प्लेकार्डसहित सडकमा देखिएका थिए । राष्ट्रिय झण्डा र प्लेकार्डसहित देखिएका उनीहरुले सरकारबाट राहतको साटो गफ मात्र मिलेको भन्दै असन्तुष्टि जनाएका छन् ।

युवाहरु कुनै राजनीतिक दलसँग सम्बन्धित नभई स्वतः सडकमा देखिएका हुन् । यसबाट देशमा सरकारप्रति असन्तुष्टि व्याप्त रहेको देखिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्