२९ जेठ : भारतमा उच्च मागका कारण ‘ब्वाईकट चाईना’ लेखिएको टोपी र टिसर्टको उत्पादन चीनले गर्न लागेको छ। चीन र भारत सरकारको सीमामा तनाव बढ्दै जाँदा दुई पक्षले नै आक्रमणको सामना गर्दैछन्।
सोहि तनावका बीच ‘ब्वाईकट चाइना’ अर्थात चीनलाई बहिष्कार गरौँ भन्ने ट्रेन्ड शुरु भएको छ। सो ट्रेन्ड अन्तर्गत चीनका सबै उत्पादनलाई बहिष्कार गर्नुपर्ने सन्देश दिन खोजिएको हो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफ्ना जनतालाई स्वदेशी उत्पादनलाई समर्थन गर्न आग्रह गरेका छन् ।
हाल विश्व नै कोरोना महामारी विरुद्ध लडिरहेको अवस्थामा भारत र चीन सरकारका सेनाहरु लाइन अफ एक्चुयल कन्ट्रोल, (एलएसी) मा भिडन्त हुने अवस्था आएको छ। चीन र भारतले आफ्ना सेनालाई सीमामा पठाएका छन् र यससँगै यी देश बिच चरम तनावको अवस्था सिर्जना भएको छ। सोहि तनावलाई ध्यानमा राख्दै भारतले बृहत ‘ब्वाईकट चाइना’ अभियान पनि संचालन गर्दैछ र लाखौँ भारतियहरु यस अभियानका लागि टोपी र टी-सर्ट किन्दैछन् भन्ने पुर्वानुमान चीनले गरि उत्पादन सुरुवातको निर्णय गरेको हो।चीनको यस निर्णयका कारण चीनका उत्पादनलाई बहिष्कार गर्न चाहनेबाट नै नाफा कमाउने चीनको उद्धेश्य पुरा हुनेछ। नाफाका लागि नै चीनले आफ्नै देशमाथिको प्रहारलाई स्विकार्दै यी सामाग्रीहरु भारतका बजारमा पु¥याउनेछ।
यस अभियानले कोरोना भाइरस लकडाउनका कारण मर्कामा परेका चीनका साना उद्यमीहरुलाई नयाँ आशा पनि प्रदान गरेको छ। हाल भारतियहरुले चीनलाई बहिस्कार गर्ने अभियानमा चीनकै उत्पादनको प्रयोग गर्दै आइरहेका छन्।मेरोलागानी