Logo

ढलमा चिम्पिएर हराएका ट्रक चालकको शव ३० किलोमिटर टाढा बागमतीमा भेटियो



ललितपुर, २९ जेठ । हिजो विहान भक्तपुरमा ढलभित्र चिप्लिएर खसेका ट्रक चालकको शव ललितपुरमा भेटिएको छ । बुधबार दिउँसो ट्रक पाक गरेर झरेका हेटौंडा घर भएका नरबहादुर राउत चिप्लिएर खसेपछि खोजीका क्रममा बागमती गाउँपालिका भुजेल भन्ने ठाउँमा आज विहान शव फेला परेको ललितपुर प्रहरीले जानकारी दिएको छ ।

५० वर्र्र्षीय राउत खसेको भक्तपुर नगरपालिका चुनदेवी र उनको फेला परेको शवको दुरी लगभग ३० किलोमिटर दुरीमा पर्छ । उनी ढलभित्रबाट बगेपछि बागमती नदी हुँदै उक्त स्थानसम्म पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

विहान १० बजे बागमती नगरपालिकाको भुजेलका स्थानीयले नदी छेउ नग्न शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि उनको शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको थियो ।-File Photo



प्रतिक्रिया दिनुहोस्