काठमाडौं, २९ जेठ । सरकारको विरोधमा देशव्यापी रुपमा भएको विरोध प्रदर्शन स्वतन्त्र युवाहरुको समूहले गरेको र यसमा कुनै पनि दलको सहभागिता नरहेको विवेकशील नेपालीका अध्यक्ष मिलन पाण्डेले स्पष्ट पारेका छन् । बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पाण्डेले ८० दिनसम्म लकडाउन गर्दापनि जनताले सरकारको अनुभुति गर्न नपाएको गुनासो पोखे । उनले प्रधानमन्त्रीको सम्बोधन जनता भड्काउने काम भएको आफूले अनुभुत गरेको जिकिर गरे ।