Logo

शेयर बजार खोल्न सर्वोच्चमा रीट दर्ता



काठमाडौं, ३० जेठ । लकडाउनमा बन्द रहेको शेयर बजार सञ्चालन गर्न माग गर्दै सर्वोच्च अदालतमा सार्वजनीक सरोकारको रीट दर्ता भएको छ । अधिवक्ताद्वय हरिप्रसाद दाहाल र रपीश पोखरेलले शेयर बजार बन्द संगै नागरिकको सम्पती सम्बन्धी मौलिक हक कुण्ठित भएको भन्दै शेयर बजार सुचारु गर्न आवश्यक छ भन्दै आज रीट दर्ता गरेका हुन ।

रीटमा प्रधानमन्त्री तथा मन्त्रिपरीषदको कार्यालय, अर्थ मन्त्रालय, धितो पत्र बोर्ड, नेपाल स्टक एकस्चेन्ज सहितलाई विपक्षी बनाइएको छ । सर्वोच्च अदालतले यस सम्बन्धी रीटको सुनुवाईका लागी यही जेठ ३२ गतेका लागी पेशी तोकेको छ । रिटमा नागरिकले आफ्नो सम्पत्ति किनबेच गर्न पाउने हक समेत बजार बन्द गरिदा हनन् भएको तथा आफ्नो शेयरको मुल्यांकन समेत थाहा नहुदा मौलिक हक कुण्ठित भएको जीकिर गरिएको छ ।

रिटमा कोभीड १९ को महामारीको विषम परिस्थितीमा अदालतबाट उत्प्रेषण परमादेश तथा उपयुक्त आदेश पूर्जी जारी गरी दोस्रो बजारमार्फत कारोबार हुने धितोपत्र बजारको कारोबार डिजीटल तथा अनलाईन कारोबार नियमित गराई नेपाल स्टक एक्स्चेन्जले धितो पत्र ब्रोकरहरुबाट अनलाइन खरीद बिक्री सेवा मार्फत धितो पत्र बजार खुला गराई सर्वसाधारण लगानी कर्ता नागरिकको बाच्नका लागी नगद प्राप्त गर्ने मार्ग प्रशस्त गर्न विषेश माग गरिएको छ ।

शेयर बजार बन्द हुदाँ नेपालको संविधान, धारा १६ सम्मानपूर्वक बाँच्न पाउँने हक, धारा १७ स्वतन्त्रताको हक, धारा २५ सम्पत्तिको हक, र धारा २७ सूचनाको हकको प्रतिकुल भएको जीकिर गरिएको छ । त्यसैगरी धितोपत्र सम्बन्धी ऐन २०६३, दफा ९० को प्रतिकुल रहेको जीकिर गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्