Logo

कुवेतबाट फर्किएका चेली भन्छन्–मृत्यु जितेर आयौँ, अब विदेश जान्नौँ



जेठ ३०, काठमाण्डौ । लामो समयको रस्साकस्सीपछि विदेशमा अलपत्र परेका नेपालीहरु स्वदेश फर्किन थालेका छन् । आफ्नै खर्चमा नै किन नहोस्, सरकारको समन्वयमा स्वदेश फर्किन पाएकाहरु खुशी छन् । शुक्रबार कुवेतबाट उद्धार गरेर ल्याइएकाहरु सबै महिला छन् । कोरोनाको महामारी सुरुभएपछि विभिन्न कारणले अलपत्र परेका महिलाहरु कोही गर्भवति छन् त कोही स–साना बालबच्चा काखमा च्यापेर स्वदेश फर्किएका छन् ।

शुक्रबार त्रिभुवन विमानस्थलमा करिब ११ बजेको समयमा एक सय ४९ जना नेपाली दिदीबहिनीहरुले पाइला टेके । स्वदेशमा अनेक हण्डर खाएर सुनौलो भविष्य खोज्न विदेशिएका नेपाली दिदीबहिनीहरु विदेशमा पनि दुःख पाएपछि स्वदेश फर्किन चाहेका थिए । तर कोरोनाको सम्भावित जोखिम कम गर्न नेपाललगायत विभिन्न देशले हवाइ उडान स्थगित गरेपछि उनीहरु अलपत्र परेका थिए । धेरै दिनको प्रतिक्षापछि सरकारको समन्वयमा स्वदेश आउन पाएकाहरु निकै खुशी देखिन्थे । शुक्रबार कुवेतबाट ९ जना बालबालिकासहित १ सय ४९ जना नेपाली महिला कामदारले स्वदेशको भूमि टेकेको दृश्यमा वास्तवमै दुखपछिको खुशी झल्किन्थ्यो ।

सुर्खेतकी जुनु परियारको मुहारमा खुसीहको उमङ देखिन्थियो । ३ वर्षअघिसम्म उनी सुर्खेतमा जसोतसो गरेर बसेकी थिइन् । उनले जिन्दगीमा कहिल्यै विदेश गएर काम गर्नुपर्ला भनेर सोचेकी थिइनन् । तर उनलाई समयले कुबेततिर डो¥यायो । कुवेत पुगेको वर्षसम्म उनले त्यहाँ भोग्नु परेको मानसिक यातना सम्झिन चाहान्नन् । यो अवस्थामा नेपाल आउँदा खुसी लागेको बताउँछिन ।

कतिपयले त अबदेखि कहिल्यै पनि विदेश नजाने बाचासमेत गरेका छन् । झापाकी काजल हाङजोङको अनुहारमा पनि देखिन्थ्यो । ३ बर्ष कुबेतमा बसेर काम गरेकी काजल अब भने कुबेत नफर्किने बताउँछिन ।

यस्तै बाराकी संगीता माझी पनि आफ्ना साथीहरुको मुत्यु भएको कारण आफुपनि नेपाल फर्किन पाईदैनकी भन्नेमा पुगिसकेकी थिइन् । तर ढिलै भए पनि स्वदेश फर्किन पाउँदा आफूलाई भाग्यमानी ठानेकी छिन् ।

नोबेल कोरोना भाइरस कारण विभिन्न मुलुकमा समस्यामा परेका नेपालीहरुलाई सरकारले प्राथमिकताका आधारमा उद्धार गरिरहेको छ । विभिन्न चरण गरी नेपाली कामदारलाई नेपाल फर्काइरहेको छ । सरकारले २३ जेठबाट उद्दार गर्न सुरु गरेको छ । विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई सरकारले २३ जेठमा म्यानमारबाट २६ र दुबईबाट १ सय ६८ जना नेपालीकाम कामदारलाई उद्दार गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्