Logo

एक्टीभ कोरोना संक्रमित दुई सयभन्दा बढी भए जिल्लामा पूर्ण लकडाउन गरिने (पूर्णपाठसहित)



काठमाडौँ ३० जेठ : सरकारले दुई सयभन्दा बढी कोरोना संक्रमित (एक्टीभ) केश देखिएको जिल्लामा लकडाउनलाई निरन्तरता दिन सकिने मापदण्ड तयार परेको छ। स्वास्थ्य मन्त्रालयले शुक्रबार जारी गरेको कोभिड १९ को महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वास्थ्यका मापदण्ड, २०७७ मा सो व्यवस्था उल्लेख गरिएको हो।

सरकारले लकडाउनलाई खुकुलो पार्दै लगेको भएपनि धेरैको संख्यामा कोरोना संक्रमण देखिएको क्षेत्रमा पूर्ण बन्दाबन्दी (लकडाउन) लाई निरन्तरता दिने मापदण्ड आज शुक्रबार स्वीकृत गरेको हो।

एक जिल्लामा संक्रमितको संख्या ५० भएसम्म मापदण्ड अनुसारका सुरक्षा उपयाहरु अपनाउनु पर्नेछ। ५१ देखि २०० सम्म संक्रमितको संख्या भएका सुरक्षा उपायहरु अवलम्बन गरी तोकिएको समय र कार्य अवधि भित्र मात्र पेशा व्यवसाय सञ्चालन गर्ने मापदण्ड तयार पारेको छ।

उक्त मापदण्ड अनुसार सबै सार्वजनिक स्थल तथा कार्यालहरुमा सबै किसिमका भेटघाट र भेलाहरुमा कम्तिमा २ मिटरको दुरी कायम गर्ने, मास्कको प्रयोग र साबुन पानीले अनिवार्य हात धुनु पर्नेछ।

यस्तै, आधारभूत र स्वास्थ्यगत रुपमा पालना गर्नुपर्ने नियमहरू उल्लेख छ। कुनै स्वास्थ्य समस्या देखिए नियमित जाँच गर्नु पर्ने व्यवस्था छ।

उच्च जोखिमयुक्त ठाउँमा रहेका होटल र क्यान्टिनले खाना प्याकिङ गरेर मात्र लैजान सक्ने व्यवस्था गरिएको छ।

मन्त्रालयले यस मापदण्डको उल्लंघन गरेमा संक्रामक रोग ऐन, २०२० र जनस्वास्थ्य सेवा ऐन, २०७५ बोमोजिम सजाय हुने जनाएको छ।मेरोलागानी/File Photo

कोभिड १९ को महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वास्थ्यका मापदण्ड, २०७७ को पूर्णपाठ :



प्रतिक्रिया दिनुहोस्