Logo

२४ घण्टायता ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या झन्डै हजार



३१ जेठ : ब्राजिलमा कोभिड–१९ सङ्क्रमित ९०९ जनाको एकै दिनमा मृत्यु भएको दक्षिण अमेरिकी उक्त मुलुकको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले स्थानीय समय अनुसार शुक्रबार रातिसम्मको तथ्याङ्कलाई सार्वजनिक गर्दै भनेको छ, “विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९०९ पुगेको र योसँगै अहिलेसम्म ब्राजिलमा कोरोनाभाइरस सङ्क्रमणको महामारीबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या ४१ हजार ८२८ पुगेको छ ।”

उक्त अवधिमा ब्राजिलमा थप सङ्क्रमित हुनेको सङ्ख्या २५ हजार ९८२ पुगेसँगै ब्राजिलमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या आठ लाख २८ हजार ८१० पुगेको मन्त्रालयले पुष्टि गरेको छ ।

ब्राजिलमा एक दिन पहिले नयाँ सङ्क्रमितको सङ्ख्या ३० हजार ४१२ रहेको थियो भने एक हजार २३९ सङ्क्रमितको मृत्यु भएको थियो ।

शनिबारसम्ममा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्याका हिसाबले ब्राजिल अमेरिकापछि दोस्रो धेरै सङ्क्रमित भएको देश बनेको छ ।एएनआई



प्रतिक्रिया दिनुहोस्