काठमाडौं, ३१ जेठ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाले आज (शनिबार) लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्साअनुसार संविधानमा रहेको निशान छाप पारित गरेलगत्तै भारतले प्रतिक्रिया जनाउँदै आफूहरुले जानकारीमा राखेको बताएको छ।
भारतीय विदेश मन्त्रालय प्रवक्ता अनुराग श्रीवास्तवले जारी गरेको प्रेस नोटमा भनिएको छ,“हामीले नोटिस गर्यौं कि नेपालको प्रतिनिधि सभाले नेपालको नक्शा बदल्नको लागि संविधान संशोधन विधेयक पारित गरेको छ, जसमा भारतीय क्षेत्रको केही अंश समावेश छ। हामीले यसबारे आफ्नो धारणा स्पष्ट गरिसकेका छौं।”
उसले नेपालको दाबीलाई कृत्रिम विस्तार र ऐतिहासिक तथ्य वा प्रमाणमा आधारित नभएको पनि टिप्पणी गरेको छ । साथै, नेपालको पछिल्लो कदमले सीमा क्षेत्रका बाँकी मुद्दाहरूको बारेमा वार्ता गर्ने वर्तमान समझदारीको पनि नेपालले उल्लंघन गरेको भारतको दाबी भनाई छ । File Photo