Logo

सामाजिक सञ्जालमा प्रतिक्रिया ‘राष्ट्रिय शक्तिबीचको एकता अभूतपूर्व’



काठमाडौँ, ३२ जेठ । संविधान संशोधनमार्फत लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपालको अद्यावधिक नक्सा प्रतिनिधि सभाबाट पारित भएपछि मुलुकभर खुसियाली छाएको छ ।

संविधान संशोधनमा देखिएको अभूतपूर्व राष्ट्रिय एकतालाई लिएर सामाजिक सञ्जालमा समेत खुसी व्यक्त गरिएको छ । यो राष्ट्रिय एकतालाई कूूटनीतिक वार्ता, छलफलपछि भूमि फिर्तासम्म अगाडि बढाउनुपर्ने सुझावसमेत सामाजिक सञ्जालमा पाइएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रतिनिधि सभाबाट संविधानको दोस्रो संशोधन पारितपछि तत्कालै सामाजिक सञ्जालमा ‘सबैमा सलाम !!’ भन्दै ट्विट गरेका छन् ।

उपप्रधानमन्त्री पोखरेलले भनिएको छ, “मुलुकको भौगोलिक अखण्डताको पक्षमा, राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रताका पक्षमा देखिएको राष्ट्रिय शक्तिहरूबीचको एकता अभूतपूर्व र ऐतिहासिक छ !” यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सामाजिक सञ्जालमा ट्विट गर्दै खुसी व्यक्त गरिएको छ । उनले ट्विटमा भनेका छन्, “प्रतिनिधि सभाले सर्वसम्मतिले संविधान संशोधन विधेयक पारित गरी राष्ट्रिय प्रतीकमा अद्यावधिक राजनीतिक, प्रशासनिक नक्सा समायोजन गर्ने मार्गप्रशस्त ग¥यो । ”

यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले ‘अभूूतपूर्व राष्ट्रिय एकता कायम भएको क्षणलाई जीवनको सुखद अनुभूतिका रूपमा लिएको छु भन्दै सार्वजनिक अद्यावधिक नक्सासहित ट्विट गरेका छन् । उनले पारित विधेयकअनुसार नेपालको निशान छापमा अद्यावधिक नक्सा समावेश गरिनेसमेत जानकारी ट्विटमा दिएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्