Logo

जापानमा सडक दुर्घटनामा परी एक नेपाली महिलाको निधन



काठमाडौँ ३२ जेठ : जापानमा सडक दुर्घटनामा एक नेपाली महिलाको निधन भएको छ । जापानको मिएकेन योक्काइचीमा सडक दुर्घटनामा परी पोखरावासी २२ बर्षीया सुजिता बास्तोलाको निधन भएको हो ।

आइतबार बिहान ७ बजे कामबाट फर्किने क्रममा उनले चलाएको स्कुटरलाई मिनि ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी बास्तोलाको अस्पताल पुर्याउने क्रममा निधन भएको जनाइएको छ ।उनी आफ्नो श्रीमानसंगै डिपेन्डेन्ट भिसामा ६ महिना अगावै जापान गएकी थिइन । त्यसैगरी विगतमा पनि एक नेपाली महिलाको सोहिस्थानमा निधन भएको थियो।-File photo



प्रतिक्रिया दिनुहोस्