Logo

धनुषाको सवैलामा जेठ २७ गते घटेका दुई वटा घट्नाबारे संसदीय छानबिन समिति गठन गर्न सांसद महतोको माग (भिडिओसहित)



काठमाडौं, ३२ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद तथा नेतृ जुलीकुमारी महतोले धनुषाको सवैला नगरपालिकामा जेठ २७ गते घटेका दुई घट्नाको बारेमा सत्य, तथ्य छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरेकी छिन् । प्रतिनिधिसभा आजको बैठकको विशेष समयमा बोल्दै सांसद उनल यही जेठ २७ गते राति धनुषाको सवैला नगरपालिकामा ट्र्याक्टर चालकले प्रहरी हिरासतमा आत्महत्या गरेको भन्ने घटना र सोही राति अरुणकुमार मण्डललाई अज्ञात समूहले गोली प्रहार गरी हत्या गरी पोखरीको डिलमा फालिएको दुवै घट्नाको छानविन गरी दोषीलाई कारवाही गर्न माग गरिन् ।

माननीय श्री जुलि कुमारी महतो ज्युले प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै ईलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा मृत्यु भएका २३ बर्शिय शम्भु सदा मुसहरको घटनाको सत्यतथ्य पता लगाउन उच्च स्तरीय संसदीय छानबिन समिति गठन गर्न माग गर्नु भएको छ साथै पीडित परिवारलाई धैर्यधार्न गर्ने क्षमता मिलोस भन्ने कामना र मृतकप्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ त्यस्तै सोही नगरपालिका लबटोलीका ७ निवासी २५ बर्शिय अरुन मण्डलको त्यही राती अज्ञात समुहले गोलि हानी हत्या गरिएकोमा त्यस घटनालाई पनि निश्पक्ष क्षानबिन गरि दोषी उपर कडा भन्दा कडा कर्वाहीको माग गर्नु भएको छ।

Posted by Dipan Thakur on Sunday, 14 June 2020

बैठकमा बोल्दै उनले भनिन्,-“जेठ १२ गते सोमबार बेलुका धनुषाको सवैला नगरपालिका वडा नम्बर १२ स्थित् रघुनाथपुर बस्ने ४२ वर्षीया सुमित्रादेवी साहलाई ट्याक्टरले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भिर घाईते भएकी महिलाको उपचारको क्रममा निधन भएको थियो । उनको मृत्युपछि ट्याक्टर चालक शम्भु सदालाई प्रहरीले हिरासतमा राखेको थियो । जेठ २७ गते मंगलबार करिब दुई बजे राति ईलाका प्रहरी कार्यालयको हिरासतभित्र रहेको शौचालयमा सवैला नगरपालिका १२ बस्ने २३ वर्षीया शम्भु सदा मुसहरको आफ्नै लुगाको पासो लगाएर भेन्टिलेशनमा झुण्डिएको अवस्थामा फेला परेको थियो । परिवारले उनको मृत्यलाई हत्या भएको दाबी गरेका छन् भने प्रहरीले भने आत्महत्या भनेको छ । नगरवासी अपराधीलाई कडाभन्दा कडा कारबाही गर्न र निश्पक्ष छानबिनको माग राखेर आन्दोलित छन् । र, अहिलेसम्म पोष्टमार्टमसमेत हुन सकेको छैन भन्ने बुझिएको छ । म यसै सम्मानित सदनमार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकार्षण गराउन चाहन्छु ।’

उक्त घट्नाको बारेमा सत्य, तथ्य छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नसमेत सांसद महतोको माग छ । सांसद महतोले उक्त घट्नाको बारेमा सत्य, तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिन् । त्यस्तै, जेठ २७ गते राति नै धनुषाको सवैला नगरपालिकाको वडा नम्बर ७ लवटोलीका २५ वर्षीया अरुणकुमार मण्डललाई अज्ञात समूहले गोली प्रहार गरी हत्या गरी गाउमै रहेको पोखरीको डिलमा उनको शव फेला परेको सुनाउँदै महतोले भनिन्,-“यो घट्नालाई पनि सत्य, तथ्य छानबिन गरी दोषी पत्ता लगाएर कारबाही गर्न माग गर्दछु ।’

उनले प्रदेश नम्बर २ मा भारतसँगको खुल्ला सिमानाका कारण दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको उल्लेख गर्दै त्यहाँ भएका क्वारेन्टिनहरुलाई व्यवस्थित् बनाउन सरकारसमक्ष आग्रह गरेकी छिन् । समयमै परीक्षण हुन नसकेको अवस्थापनि उनले सुनाईन् ।

तस्विर : संघीय संसद सचिवालय



प्रतिक्रिया दिनुहोस्