काठमाडौं, ३२ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबदेखि निजी प्रयोगशालाहरूलाई पनि कोभिड १९ को परीक्षण गर्न दिने निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब स्वीकृति लिएर संकलन भएका नमूनाहरू प्रकृया पुरा गरी निजी प्रयोगशालाहरूलाई पनि जाँच्न दिइने जनाएका छन् । र, निजी प्रयोगशालामा परीक्षण गर्दा लाग्ने खर्च स्वास्थ्य मन्त्रालयले नै व्यहोर्ने जनाईएको छ । File Photo