Logo

रक्तदान गर्दा दिने लिने दुवैलाई फाइदा (सुचीसहित)



रक्तदान गर्नु नै जीवनदान हो । हाम्रो रगतको संरचना यसरी बनेको छ, रगतका सेलहरु तीन महिनामा आफै मर्ने गर्छन् । यसकारण प्रत्येक स्वस्थ्य व्यक्तिले तीन महिनामा एक पटक रक्तदान गर्न सक्छन् ।

हामीले दिएको रगतको पुर्ति शरीरले केही घण्टाभित्रमा लिन्छ र २१ दिन भित्र काम गर्छ । त्यसकारण ढुक्क भएर आफूले पनि रक्तदान गरौ र अरुलाई पनि गर्न प्रेरीत गरौ । आज हामी रक्तदानका फाइदाको बारेमा चर्चा गर्नेछौ ।

१. हृदयघातको खतरा कमी–रक्तदान गर्दा रगत पातलो हुने भएकोले मुटुको लागि निकै राम्रो हुन्छ । रक्तदान गर्ने मानिसको मुटुको विरामी हुने सम्भावना ८० प्रतिशतले कमी हुन्छ ।

२. नयाँ रातो रगत सेल्सको निर्माण– रक्तदान गर्ने व्यक्तिको रातो कोशिकाहरु कम हुन्छन् । नयाँ उत्पादित रक्तकोषहरुमा अक्सिजन आपुर्ति गर्ने बढी शक्ति हुन्छ ।

३. लिवर स्वस्थ– रक्तदान गर्दा मुटुको साथै लिवर पनि स्वस्थ्य हुन्छ । शरीरमा आइरनको मात्रा धेरै हुनु मुटु र लिवर दुवैको लागि राम्रो होइन् । त्यहि आइरन विस्तारै मृर्गौलामा जम्मा हुन्छ । यसको लागि समय–समयमा रक्तदान गर्नु पर्छ ।

४.क्यान्सरको सम्भावना कम–भर्खरै गरिएको अनुसन्धानमा रक्तदान गर्दा शरीरमा भएको विष बाहिर निक्लने भएकोले क्यान्सरको खतरा पनि कम हुने बताइएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्