काठमाडौं, ३२ जेठ । काठमाडौं उपत्यकाभित्र मोटरसाइकलमा पनि जोर बिजोर प्रणाली लागू गरिएको छ । लकडाउन खुकुलो बनाइएपछि जाम बढेपछि यस्तो प्रणाली लागू गरिएको हो ।
गृह मन्त्रालयका सुचना अधिकारी उमाकान्त अधिकारीले मोटरसाइकल र स्कूटरमा भोलि देखि लागू हुने गरी जोर बिजोर प्रणाली लागू गरिएको जानकारी दिए । उनले कोरोना भाइरसको रोकथामका लागि भिडभाड हुन नदिन यस्तो प्रणाली अपनाइएको बताए ।
महानगरी ट्राफिक प्रहरीका प्रवक्ता एसपी जीवन श्रेष्ठले पनि मोटरसाइकलमा जोर बिजोर प्रणाली लागू गरिएको बताए । जोर गतेमा जोर र बिजोर गतेमा बिजोर अंकको मोटरसाइकल मात्र सञ्चालन गर्न पाइने उनको भनाई छ ।
यसअघि सरकारले मोटरसाइकलमा एकजना मात्र सवार हुन पाइने नियम बनाएको थियो । निजी चार पाङ्ग्रेमा भने जोर बिजोर प्रणाली कायमै छ ।-Photo: Mukunda Kalikote