काठमाडौं, ३२ जेठ । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पश्चिम रुकुम चौरजहारी घटना सम्बन्ध नबोल्ने प्रधानमन्त्री केपी शर्मा ओली प्रचण्डलाई नाङ्गै हिँड्न सुझाव दिएका छन् । आज माइतिघर मण्डलामा गरिएको विरोध प्रदर्शनलाई सम्बोधन गदै संयोजक मिश्रले दलितले बनाएको लुगा, जुत्ता, भाँडा बर्तन चल्ने, उनीहरुको सीप चल्ने तर जातको खोल ओडेर रुकुम घटनामा चुईँक्क पनि नबोल्ने प्रधानमन्त्री ओली र प्रचण्ड कमिज, पाईण्ट फुकालेर नाङ्गै हिँड्नुपर्ने बताएका हुन् ।
उनले विभेद अन्त्यका लागि गुणस्तरीय शिक्षा आवश्यक रहेको बताए । सरकारले विभेद भएका घटनाहरुमाथि छानविन गरी दोषिलाई कारबाही गर्न र सधैका लागि विभेद अन्त्य गर्ने विषयमा काम गर्न नसकेको बताए । संयोजक मिश्रले आफ्ना छोरा–छारीलाई लुकाउँदै पढाउँदै दलितका छोरा–छोरीको छातीमा गोलि खुवाएर गरेको प्रचण्डको अन्दोलनले समेत विभेद अन्त्य गर्न नसकेको आरोप लगाउँदै जातिवादका नाईकेहरुलाई जबसम्म ठेगान लगाउन सकिँदै तबसम्म अन्तरजातीय विभेदको अन्त्य नहुने ठोकुवा गरे । संयोजक मिश्रले भने, आन्दोलन गरेर मात्रै विभेद अन्त्य नहुँदो रहेछ भन्ने कुरा माओवादीहरुको सशस्त्र संघर्षबाट हामीले बुझिसक्यौं, अब दलितवर्गले मुक्तिका लागि स्वार्थका लागि ललिपप खुवाउने भ्रष्ट नेताहरुलाई मार्न र मर्ने संघर्ष गर्नुपर्छ ।
संयुक्त राजनीतिक दलित संघर्ष समितिले रुकुम पश्चिमको घटनाको निष्पक्ष न्यायका लागि निरन्तर माईतिघर मण्डलामा गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै वैज्ञानिक कम्युनिष्ट पार्टीका संयोजक विश्वभक्त दुलाल (आहुति) ले जातको आधारमा रुकुम घट्ना घटेको हाईन भन्ने पुष्टि गर्नका लागि प्रचण्डको मुखमा ढ्ङ्गा कोचेर जनार्दन शर्मा जस्ता नाईके अगाडि आएको आरोप लगाए ।
दुलालले भने,’अमेरिका र भेनेजुएलाको जातीय विभेद्को विषयमा एक सुका नछोडि बोल्न सक्ने प्रचण्ड १० वर्षे जनयुद्धको उद्गम थलोमा घटेको नरसंहारको विषयमा किन दुलामा लकेर बसेका हुन् विषय गम्भिर छ ।’ समस्या संविधान मै रहेको भन्दै जबसम्म पार्टीभित्र, नेताहरुको मनभित्र जात व्यवस्थाले गाडेको जरालाई तहस–नहस पार्न सकिदैन तबसम्म यो सामन्तवादको संरचनाले दलितमाथि भएको विभेद अन्त्य हुँदैन दुलालको तर्क थियो ।
विरोध कार्याक्रमलाई सम्बोधन गर्दै दुलालले भने,’अबको लडाईँ जो–जो जुन–जुन पार्टीमा हुनुहुन्छ त्यो पार्टीमा देखिएको संरचना परिवर्तन गर्नुपर्छ, पितृसतात्मकवादी साँगठानिक सोचलाई बदल्नुपर्छ, जातिय विभेदको मुद्दालाई केन्द्रीय राजनीतिक मुद्दा बनाउनुपर्छ, अनि मात्र जात व्यवस्थाको अन्त्य हुन्छ ।’
कार्यक्रममा राजनीति विश्लेषक श्याम श्रेष्ठ, जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य दुर्गा सोबले पनि सम्बोधन गरेका थिए । Photo By: Mukunda Kalikote-ReportersNepal