काठमाडौ, १ असार । नायिका प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज विवाह पछि हनिमुन जान पाएकी छैनन् । विवाह लगत्तै सरकारले लकडाउन लगाएकाले उनीहरुको घुम्न जाने योजना तुहिएको हो ।
पहिलो विवाह टुगिंएको लामो समय पश्चात प्रियंकाले आफु भन्दा कान्छा आयुष्मानसँग दोस्रो विवाह गरेकी हुन् । छोटो समयमा नै लोकप्रिय हुन सफल प्रियंकाको अभिनयमा अब्बल, आकर्षक नृत्य र कडा मेहेनत नै सफलताको कडी हो । लामो समयको प्रेम सम्बन्धलाई फागुनमा विवाहमा परिणत गरेका यो जोडीलाई निकै माया गर्ने जोडीको रुपमा दर्शकले हेरेका छन् । हनिमुन जान नपाएपनि यो जोडीले भने दर्शकलाई रोमान्स गरेको आकर्षक तस्वीरहरु सार्वजनिक गरेर मनोरन्जन दिदै आएका छन् ।