Logo

नेपाल वायुसेवा निगमको दुबई र दोहा उडान स्थगित, आगामी जुन २३ मा अष्ट्रेलिया उडान



काठमाडौँ, २ असार : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को पूर्वनिर्धारित तालिका अनुसार आज हुने भनिएको दुबई र दोहा गन्तव्यको चार्टर्ड उडान स्थगित भएको छ । निगमले दुबै उडान रद्दबारे आज बिहान विमानस्थललाई अवगत गराएको थियो । निगमको सोमबार मलेसिया र माल्दिभ्सको उडान पनि स्थगित भएको थियो । निगमको वाइड बडी जहाजले जुन १४ तारिखमा बङ्गलादेशको ढाकाबाट उद्धार उडान गरी २५८ नेपाली ल्याएको थियो । निगमले जुन १४ देखि २५ सम्म चार्टर्ड उडानको कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

अष्ट्रेलियाको उद्धार उडान स¥यो

नेपाल एयरलाइन्सले जुन १७ तारिखमा अष्ट्रेलियाको सिड्नीमा हुने भनिएको उद्धार उडान पनि सरेको छ । आगामी जुन २३ मा पहिलो र जुन २६ मा दोस्रो उडान हुने जनाइएको छ । प्राविधिक कारण उद्धार उडान सार्नुपरेको निगमले उल्लेख गरेको छ । निगमका प्रवक्ता अर्चना खड्काले संस्कृति, पर्यटन मन्त्रालयबाट उद्धार चार्टर्ड उडानको तालिका परिमार्जित भएर आएकाले पूर्वनिर्धारित तालिकामा उडान नभएको जानकारी दिनुभयो ।

मन्त्रालयले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्ने गरी अनुमति दिएको थियो । त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान अनुमति दिइएको छ । यसैबीच कोरियन एयरको जहाजले २३५ यात्रुलिएर दक्षिण कोरियाको सिओल उडेको छ । कोरिया फर्किनेमा नेपाली कामदार रहेको बताइएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्