Logo

फिल्म क्षेत्रका अन्यायबारे वर्षा सिवाकोटीले मुख खोलिन्



काठमाडौ, २ असार । नायिका वर्षा सिवाकोटीले फिल्म क्षेत्रमा हुने अन्यायको बारेमा बोल्नु पर्ने दिन आएको बताएकी छिन् । उनले सत्य र स्पष्ट रुपमा आफ्नो अभिव्यक्ति दिदा करिअरमा असर गरेपनि अन्तत सत्यको जित हुने स्पष्ट पारेकी छिन् । वर्षाले बलिउड अभिनेता सुशान्त राजपुतले आत्महत्या गरेको प्रसंगलाई लिएर नेपाली चलचित्र क्षेत्रमा हुनसक्ने यस्तो समस्यालाई उठान गरेकी हुन् ।

वर्षाले कलाकार भएपछि जस्तापनि समस्यासँग मुकाविला गर्न हिम्मत गर्नुपर्ने बताएकी छिन् । उनले आफुलाई केहि समय अघि डिप्रेशन भएको पनि बताइन् । मेहेनत, बिश्वास र समर्पणका साथमा काम गर्ने र तपाइसँग प्रतिभा, लगनशील र आत्मबिश्वास छ भने एकदिन अवश्य मेहनेतले कदर पाउने छ भन्दै वर्षाले हिम्मत नहार्न आफ्नो लामो अभिव्यक्ति सामाजिक सञ्जाल मार्फत दिएकी छिन् ।

उनले लेखेकी छिन्, ‘नेपोटिजम सबै तिर हुन्छ..फिल्म इन्डट्रि मात्र हैन । फरक यत्ति हो फिल्म इन्डट्रि छर्लङ छ … सत्य बोल्ने आंट कमै को छ । किन कि यस्ता अभिव्यक्तिले भोलिका दिनमा करिअरमा असर पर्न सक्छ, कामको अभाव हुन सक्छ । गत बर्ष यो बिषयमा फेसबुक स्टाटसमार्फत मैले नि हल्का कुरा उठाएकी थिएं । त्यसपछी यसबारेमा कोही बोलेको सुनीएन,देखिएन पनि । हालै घटित बलिउड घटनाले यहाँ पनि यो बिषयमा चासो बढेको देखें… केहीले आवाज नि उठाउनु भयो,जुन कुरामा म पनि सहमत छु ! तर यति भन्दै गर्दा र आजको दिनसम्म यो ठाउंमा आइपुग्दा … यो बिषयले मात्र फिल्म क्षेत्र रुमल्लिएको छैन । … यहां अरु थुप्रै अवस्था छन, जुन कुरामा ध्यान दिन पनि जरुरी छ … जस्तै ग्रुपिजम, प्रेम सम्बन्ध, तुलना, अनावश्यक बाउन्ड्री जस्ता.. यी कुराको बिगबिगीले पनि नकारात्मक असर पारेको छ । ’

वर्षा सिवाकोटीले अगाडी लेखेकी छिन्, ‘मेरो उक्त स्टाटसमा यी सबै कुरा उल्लेख थियो । म स्वयम् यसको पिडित हुं । यहां नामका कारण पाइलै पिच्छे तुलना हुन्छ । मैले जति नै राम्रो,फरक काम गरे पनि प्रश्न उठाइन्छ । यी कुराले कति ठाउंमा मलाई मानसिक पीडा भएको मेरा नजिकका केही बाहेक कसैलाइ थाह छैन । केही समय अघि म पनि डिप्रेशमा थिएं । यहां त यतिसम्म कि, इन्स्टा र फेसबुक को फलोओर्स को आधारमा समेत केहीले मेरो कामको मुल्यांकन गर्ने गरेका छन । जस्को धेरै फलोअर्स छ त्यसलाई बढि अप्रोच हुन्छ कामको । जसको धेरै युट्युब मा अन्र्तवार्ता आउछ,उ हिट कलाकार कहल्याइन्छ । यी सबैको सामना गरेर पनि आफ्नो इथिक्स कायमै राखि अगाडि बड्ने प्रयासमा जोड दिन जरुरी छ । स्टार किड भन्दै गर्दा वहांहरुको कामको मुल्यांकन हजुरहरुले नै गर्नु भएको छ । को अब्बल, को कम्जोर, ठम्याउने जिम्मा हजुरहरु कै हो । नेप्टोसिजमले कहिलेसम्म धान्ला र हामी सबैलाई राम्रो काम गर्ने कलाकारको महत्व थाह भइ नै हाल्छ । मेरो पछिल्लो अभिब्यक्ति पश्चात मैले अब उद्योगमा काम नै नपाउने हल्ला थियो तर यो लकडाउन नभएको भए मैले हस्ताक्षर गरेका कति फिल्म समय दिन नसकेर छोड्नु पर्ने अवस्था थियो … ’

र अन्त्यमा लेखेकी छिन्, ‘तपाईं कुनै काम गर्नु हुन्छ भने पूर्ण मिहिनेत, बिश्वास र समर्पणका साथ गर्नुस की, जहाँ कुनै बादले छुन पनि नसकोस । तपाईं प्रतिभा सम्पन्न, लगनशील र आत्मबिश्वासी हुनुहुन्छ भने एकदिन अवश्य तपाईको मिहीनेतले कदर पाउने छ । हत्केलाले सूर्यलाई छेकेर छेकीन्छ र ?’



प्रतिक्रिया दिनुहोस्