Logo

मध्यम देखि भारी वर्षा



काठमाडौं, ३ असार । देशका विभिन्न स्थानहरुमा वर्षा भइरहेको छ । मनसुन प्रवेश गरेसँगै चार दिनयता देशका अधिकांश स्थानमा मध्यम देखि भारी वर्षा भएको हो ।

वर्षासँगै धान रोपाई धमाधम चल्न थालेको छ । यसवर्ष काठमाडौं उपत्यकालगायत पहाडी जिल्लाहरुमा गत वर्षभन्दा छिटो रोपाई भएको छ ।
यसैगरी, आज दिउँसो सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश आंशिक बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राती सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश आंशिक बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस्