एजेन्सी, ३ असार । बेलायतका राजकुमार र्चाल्सले कोरोना भाइरसको संक्रमणपछि सुघ्ने र स्वाद लिने क्षमता गुमाएका छन् । संक्रमणमुक्त भएपछि उनले गुमाएको क्षमता अझै नफर्किइसकेको खुलासा गरेका छन् ।
राजकुमार र्चाल्सले गूलकेसटेरसाइर रोयल अस्पतालमा आफ्नो अनुभव सुनाउने क्रममा आफूले के के भोगको सुनाएका थिए । उनले २ मिटरको सामाजिक दुरी कायम गरेर अनुभव सुनाएका थिए ।
दुई महिना अघि कोरोना भाइरसको संक्रमणपछि र्चाल्स घरमै आइशोलेशनमा बसेका थिए । ७१ वर्षीय राजकुमार कोरोनामुक्त भएपछि गत हप्तामात्र परिवारका अन्य सदस्यसँग मिल्न थालेका थिए ।-File Photo: Agency