Logo

होन्डरसका राष्ट्रपति हर्नान्डेजमा कोरोना संक्रमण पुष्टि



एजेन्सी ३ असार : होन्डरसका राष्ट्रपति जुआन ओर्लान्डो हर्नान्डेजमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। राष्ट्रपतिसँगै उनकी श्रीमती र दुई सहयोगीको पनि कोरोना परीक्षणको नतिजा पोजेटिभ देखिएको छ।गत साताको अन्त्यदेखि उनी अस्वस्थ भएको र मंगलबार कोरोना पुष्टि भएको उनले राष्ट्रिय टेलिभिजनमार्फत जानकारी गएका हुन्।

महामारीलाई जित्न राष्ट्रपतिसँग पर्याप्त शक्ति र उर्जा रहेको स्वयम् राष्ट्रपति बताएका हुन्म। उले सो उर्जा आफ्नो शरीरमा भएको महसुस गरेको उनले बताए। राष्ट्रपतिले आफ्नो काम भने जारी राख्ने निर्णय गरेका छन् ।

करीब तीन महिनाको लकडाउन पछि होन्डरसको अर्थतन्त्र गत हप्तादेखि गरिएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार होन्डरसमा हालसम्म नौ हजार ६ सय जनामा कोरोना भाइरस संक्रमित छन् भने तीन सय ३० जनाको कारोना भाइरस संक्रमणका कारण निधन भएको छ।



प्रतिक्रिया दिनुहोस्