Logo

१४ वर्ष वनवास जाँदा राम कहाँ–कहाँ बसे



रामायणमा उल्लेखित र अनेक अनुसन्धान अनुसार भगवान श्रीराम १४ वर्ष वनवास बसे । उनले आफ्नो यात्रा अयोध्याबाट सुरु गरेर रामेश्वरम र त्यसपछि श्रींलकामा अन्त्य गरेका हुन् । यस क्रममा उनको साथमा २ सय भन्दा धेरै घटनास्थलको पहिचान भएको छ ।

केवट प्रसंग– वाल्मीकी रामायण अनुसार राम अयोध्याबाट निस्कीएर तमसा नदीमा पुगेका थिए । त्यसपछि गोमती नदी तरेर इलाहावादबाट २०–२२ किलोमिटर टाढा श्रंगवेरपुर पुगे जुन निषादराज गृहको राज्य थियो ।सिंगरौर, कुरईमा केहि बेर राम, सीता र लक्ष्मणले विश्राम गरेका थिए ।

चित्रकुटको घाटमा–कुरईबाट अगाडी श्रीरा भाई र पत्नी सीताको साथमा प्रयाग पुगेक थिए । प्रयागलाई अहिले इलाहावाद भनिन्छ । इलाहावादमा गंगा–जमुनाको संगम स्थल छ । यहि संगम स्थलको नजिक रहेको यमुना नदी तरेर चित्रकुट पुगेका थिए । त्यहि चित्रकुटमा रामका भाई भरतले सेनाको साथमा पुगेर रामको चरणको पादुका लगेर उनको चरणमा पादुका राखेर राज्य गरेका थिए ।

अन्नी ऋषिका आश्रम– चित्रकुटको नजिक अन्नी ऋषिको आश्रम थियो । अन्नी ऋषिको पत्नीको नाम अनुसुइया हो जुन अनुसुइया दक्ष प्रजापतीको चौबिस कन्यामा एक थिइन् । उक्त आश्रमको वरपर राक्षसले सताउने गर्थे ति राक्षसलाई रामले मारीदिएका थिए ।

दन्डकारण्य–अन्नी ऋषिको आश्रममा केहि दिन बसेर रामले मध्य प्रदेश र छत्तीसगढको घना जंगलमा आफ्नो आश्रम बनाएका थिए । यहि क्षेत्रको नाम दन्डकारण्य थियो । त्यहाँ श्रीरामले १० वर्ष बिताएका थिए ।

पंचवटीमा राम–दन्डकारण्यमा पश्चात श्रीराम नदि, ताल, पर्वत र वन पार गरेर अगस्त्य मुनीको आश्रममा पुगेको बताइन्छ । मुनिको आश्रम पंचवटी क्षेत्रमा थियो । त्रेतायुगमा राम, सीता र लक्ष्मणले केहि समय त्यहाँ बिताएका थिए । त्यहि लक्ष्मणले रावणकी बहिनीको शुर्पणखाको नाक काटिदिएका थिए ।

सीताहरणको स्थान–नासिक क्षेत्रमा शुर्पणखा, मारिच र दुषणको हत्यापछि रावणले सीताको हरण गरेको र जटायुको पनि हत्या भएको स्थान आज पनि ‘सर्वतीथर्’ नाममा सुरक्षित छ । जटायुको रामले श्राद्ध तर्पण गरेका थिए ।

सीताको खोज–सर्वतीर्थमा जटायुको हत्या भयो त्यहि स्थानमा सीताको अपहरण पश्चात श्रीराम र लक्ष्मण पुगेका थिए । त्यसपछि तंगभदा तथा कावेरी नदिको क्षेत्रमा पुगेका हुन् ।

शबरीको आश्रम–कावेरी नदी तरेर उनीहरु ख्ष्यमुक पर्वत पुगे । बाटोमा नदीको नजिक शबरी आश्रम पनि गए । जुन आजकालको केरल राज्य हो ।

हनुमान भेट–मलय पर्वत र चन्दन वन पार गरेर ऋष्यमुक पर्वतबाट अगाडी बढे । उनिहरुले हनुमान र सुग्रीवसम्ग भेटे , उनीहरुले सीताको कपडा देखेका थिए र श्रीरामले वालीको हत्या गरे ।

कोडीकरई–हनुमान र सुग्रीबलाई भेट्नु अगाडी रामले सेना जम्मा गरेका थिए त्यो स्थानलाई कोडीकरई भन्ने गरिन्छ ।

रामेश्वरम–रामेश्वरम प्रसिद्ध हिन्दु तीर्थ स्थल हो जसको स्थापना श्रीरामले गरेका थिए । त्यहि रामेश्वरम समुन्द्र तटमा शिवलिंगको पुजा गरेर श्रीरामले रावणको लंका गएका थिए ।

धनुषकोडी– ३ दिनको अनुसन्धानपछि रामले रामेश्वरम अगाडी समुन्द्र तटको स्थान पत्ता लगाएका थिए, जहाँबाट सजिलै श्रीलंका पुग्न सकिन्छ ।

नुवारा एलिया पर्वत–श्रीलंकाको बिचमा रावणको महल थियो । नुवारा एलिया पहाडबाट लगभग ९० किलोमिटर टाढा बान्द्रवेलातीर लंकाको बीचमा सुरगं र गुफा भेटिन्थ्यो । श्रीलंकाको नुआरा एलिया पहाडमा रावण फल, रावण गुफा, अशोक वाटिका र विभिषण महल आदी भएको वाल्मिकी रामायणमा पुष्टि भएको छ । (धर्मग्रन्थको सहयोगमा)



प्रतिक्रिया दिनुहोस्