Logo

आत्महत्या गरेकी युवतीको कोरोना संक्रमण भेटिएपछि…



सुर्खेत, ३ असार । २५ वर्षीय युवतीले घर नजिकै झुण्डिएर आत्महत्या गरिन् । उनको शव पोष्टमार्टम गर्नुअघि स्वाब परीक्षण गरिएको थियो । कोरोना परीक्षणको कारण थियो उनी भारतबाट फर्किएर क्वारेन्टाइनमा बस्नु ।

सुर्खेतको सिम्ता गाउँपालिका ८ घर भएकी युवतीको १ असारमै स्वावको नमुना संकलन भएको थियो । उनले क्वारेन्टाइनमा बसेर फर्किएको एक हप्तामै आत्महत्या गरेकी थिइन् । युवतीको अन्तिम संस्कार समेत भइसकेको छ ।

तर, उनको कोरोना पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले यसको पुष्टि गरेको छ ।

१२ जेठमा भारतबाट नेपाल प्रवेश गरेपछि उनी पति र ३ वर्षकी छोरीसहित सिम्ताकै क्वारेन्टाइनमा १४ दिन बसिन् । तर, घर फर्किएपछि उनले आत्महत्याको बाटो रोजिन् । प्रहरीले यसबारे अझै अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्