Logo

क्वारेन्टाइनभित्रै आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि



अर्घाखाँची, असार ४ । जिल्लाको शितगंगा नगरपालिकाको क्वारेन्टाइनमा बुधबार विहान आत्महत्या गरेका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ४४ वर्षीय देबबहादुर विकले क्वारेन्टाइन नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेपछि उनको रिपोट नआएका कारण दिनभर शव व्यवस्थापनमा समस्या भएको थियो ।

गत जेठ २४ गते आरडीटी परीक्षणमा पोजेटिभ आएपछि जेठ २५ गते पीसीआर परीक्षणका लागि उनको स्वाबको नमूना संकलन गरिएपनि परिक्षणको रिपोर्ट आउन सकेको थिएन । मृतकको शव नेपाली सेनाको सहयोगमा सोहि वडाका जंगलमा लगेर व्यवस्थापन गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्