Logo

खेलकुदमा प्रदेश सकारको लगानीः कतै उत्साह, कतै निराशा



काठमाडौं, असार ४ । संघीय सरकारले गत जेठ १५ गते आर्थिक वर्ष २०७७/७८ का लागि बजेट सार्वजनिक गर्‍यो। बजेटमा सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि दुई अर्ब ३६ करोड रुपैयाँ छुट्ट्यायो। चालू आर्थिक वर्षका लागि छुट्ट्याइएको बजेटभन्दा आगामी आर्थिक वर्षका लागि छुट्ट्याइएको खेलकुदको बजेट एक अर्ब ६३ करोड रुपैयाँ कम हो।

सरकारले चालू आर्थिक वर्षका लागि तीन अर्ब ९९ करोड रुपैयाँ बजेट छुट्ट्याएको थियो। गत मंसिरमा आयोजित १३औं दक्षिण एसियाली खेलकुदका लागि भने छुट्टै बजेट दिइएको थियो। त्यसअघि आर्थिक वर्ष २०७५र७६ मा सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि चार अर्ब १९ करोडको हाराहारी बजेट विनियोजन गरेको थियो।

संघीय सरकारले आगामी आर्थिक वर्षको बजेटमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदान, अन्तर्राष्ट्रिय स्तरको खेलकुद परिसर निर्माण र अन्य प्रादेशिक रंगशाला निर्माण सुरु गर्न आवश्यक रकम विनियोजन गरेको छ। सबै स्थानीय तहमा खेल ग्राम विकास गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्