प्रभात सिंहः सशस्त्र सेना सम्बन्धी अमेरिकी सीनेट समितीले आर्थिक वर्ष २०२१ को राष्ट्रिय रक्षा प्राधिकरण ऐनको संस्करण ११ जुनमा अनुमोदन भएकोे छ । प्रशान्त महासागरमा चीन विरुद्व अमेरिकी गतिविधिलाई बलियो पार्न नयाँ सैन्य कोषको स्थापना गरिएको चीनले स्पष्ट पारेको हो । जुन ११ प्रशान्त महासागरमा करिब तीन लाख टन बराबरको तीन वटा विमान क्यारियरहरु पेट्रोलिङ गरिरहेका थियो ।
चीनलाई नियन्त्रण गर्न इन्डो प्यासिफिक रणनितीलाई अमेरिकाले तीब्रता दिएको चिनियाँ सञ्चार माध्यमको तर्क छ । २१ सताब्दीमा प्रवेश गरेपश्चात विश्वको अर्थव्यवस्था एटलान्टीक महासागरबाट प्रशान्त महासागरमा केन्द्रित भएको देखिन्छ । विश्वको अर्थ व्यवस्थाको हबको रुपमा चीन विकास भइरहेको देखिन्छ । यसप्रति अमेरिकाले आफ्ना नितीहरु मार्फत चीनलाई हरेक कोणबाट दबाउन खोजेको चीनको आरोप रहेको छ ।
चीन इन्डो प्यासिफिकलाई एकीकृत गरी निरन्तर अर्थ व्यवस्थालाई अगाडि लगीरहेको जनाइएको छ । व्यापार र उत्पादनको केन्द्रको रुपमा प्रशान्त महासागर विस्तार भइरहेको कारण अमेरिकालाई यसको ठूलो प्रभाव परेको बुझिएको छ । प्यासिफिक अन्तरगतको साना देशहरुको लगानी अमेरिकाले गर्ने र प्रभुत्व जमाउन खोजेको चीनले आरोप लगाएको छ । तर, चीनको निरन्तर विकास भएको देखर रहेको साना देशहरुले अमेरिकाप्रतिकोे विश्वास गुमाइरहेको जनाइएको छ ।
सन् २०१९ मा एन्डो प्यासिसफिक लागु भएको थियो । सम्पूर्ण विश्वको सुरक्षा, राजनीति, व्यापार र अर्थव्यवस्थालाई नयाँ ढाँचामा ढाल्न अमेरिकाले उक्त नीतिको निर्माण गरेको हो । उक्त नितीमा अमेरिकी सैनिकलाई मुख्य रुपमा अगाडि राखिएको छ । अमेरिकी सैनिकलाई यस निती अन्तरगत विश्व्भर प्रभुत्व जमाउने अधिकार दिइने ग्लोबल टाईम्सले लेखेको छ ।
अमेरिका भने साना देशहरुको साथ पाउने विफल भएको बुझिएको छ । विकास र पूर्वाधार विकासको नाममा अमेरिकाद्वारा ल्याइएको इन्डो प्यासिफिक रणनितीले चीनलाई नियन्त्ररण गर्न खोजिएको चिनियाँ सञ्चार माध्यम ग्लोबल टाईम्स्ले लेखेको छ । इन्डो प्यासिफिक रणनितीमा अमेरिकाले भारतलाई प्रयोग गरिरहेको जनाइएको छ ।
एसियामा दोस्रो शत्तिशाली राष्ट्रको रुपमा रहेको भारतलाई उक्त नितीको नायक बनाइदिन भन्दै अमेरिकाले प्रलोभन दिएको चिनियाँ विदेश मन्त्रालयको धारणा ल्याउने गरेका सञ्चारमाध्यमको आरोप छ । भारतमार्फत चीन प्रति अमेरिकाले नियन्त्ररण गर्न खोजेको जनाइएको छ । अमेरिकी पहिलो नीति प्रति भारत समेत नाखुश देखिएको छ । भारतले उक्त नितीलाई अमान्य रहेको जानकारी समेत दिएको छ । इन्डो प्यासिफिक निती क्षेत्रीय वा सीमीत सदस्यहरुको रुपमा नदेखेको भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीले अमेरिकालाई स्पष्ट पारेका छन् । भारतले उक्त नितीलाई आसियन राष्ट्र अन्तरगतको सम्मेलनमा राखेका थिए ।
चीनलाई नियन्त्रण गर्न खोजिएको निती प्रति आसियन राष्ट्रहरुले अमेरिकालाई सहयोग नपुर्याउने भारतीय प्रधानमन्त्रीले स्पष्ट पारेका थिए । यसप्रति आसियान राष्ट्रहरुले आपत्ती समेत जनाएका छन् । यस वयान प्रति अमेरिकाले वेवास्ता गरेको जनाइएको छ ।
अमेरिका निर्वाचन नजिक आएको छ । भारत प्रशान्त राण्निती एक दूर्लभ बहुपक्षीय ढाँचा हो जुन ट्रम्प प्रशासनले सर्मथन गरेको छ । ट्रम्पले यस नीति अन्तरगत कुटनिती उपलब्धी समेत हासिल गर्ने योजना रहेको जनाइएको छ । अमेरिकाले भारी मात्रामा इन्डो प्यासिफिक अन्तरगत सैन्य सुरक्षामा लगानी गरिरहेको प्रति सम्पूर्ण आसियान राष्ट्रहरु सचेत हुदैगएको ग्लोबल टाईम्सले लेखेको छ । उक्त नीतिअन्तरगत अमेकिाको वास्तवीक अनुहार प्रष्ट देखएिको चीनको आरोप छ ।
यसरी चीन अमेरिकी रणनीतिप्रति शतर्क बनेको छ । चीनको वरिपरिका देशहरुमा अमेरिकाले इन्डो प्यासिफिक रणनीति अन्तरगतका गतिविधि गरेर अप्ठ्यारो पारिरहेको छ । यसले चीनलाई अप्ठ्यारोमा समेत पारेको छ ।-एजेन्सीको सहयोगमा