Logo

पाकिस्तानमा सङ्क्रमितको सङ्ख्या एक लाख ६० हजारभन्दा बढी, मृतक तीन हजार



४ असार : पाकिस्तानमा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या एक लाख ६० हजारभन्दा बढी पुगेको छ ।त्यसैगरी मृत्यु भएकाहरुको सङ्ख्या तीन हजारभन्दा बढी भएको पनि अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार कुल सङ्क्रमित मध्ये ५९ हजार २१५ जना सङ्क्रमणमुक्त भएका छन् ।

पाकिस्तानमा अहिलेसम्म कुल नौ लाख ८२ हजार १२ जनाको कोरोना परीक्षण गरिसकिएको छ । तीमध्ये ३१ हजार ५०० जनाको पछिल्लो २४ घण्टामा परीक्षण गरिएको हो ।स्वास्थ्य अधिकारीहरूले पाकिस्तानमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक लाख ६० हजार ११८ रहेको जनाएका छन् ।

त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर पाकिस्तानमा अहिलेसम्म कुल तीन हजार ९३ जनाको मृत्यु भएको उनीहरुले जानकारी दिएका छन् ।पाकिस्तानमा प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै सङ्क्रमित पन्जाब प्रदेशमा रहेका छन् । पन्जाबमा अहिलेसम्म ६० हजार १३८ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन्।त्यसैगरी दोस्रो धेरै सङ्क्रमित रहेको सिन्ध प्रान्तमा ५९ हजार ९८३ जना सङ्क्रमित रहेका छन् ।

उनीहरुका अनुसार खैबर पाख्तुख्वामा १९ हजार ६१३ जना, केन्द्रीय राजधानी रहेको इस्लामावादमा नौ हजार ६३७ जना, बालुचिस्तानमा आठ हजार ७९४ जना, गिल्गित बाल्टीस्तानमा एक हजार २१३ जना र पाकिस्तान नियन्त्रीत काश्मिरमा ७४० जना सङ्क्रमित भएका छन् ।

विश्वभरी नै कोरोनाभाइरस विरुद्धको औषधि किटान भइनसकेको भन्दै आफ्नै तरिकाले औषधि सेवन नगर्न पनि सरकारी स्वास्थ्य अधिकारीहरुले आह्वान गरेका छन् ।पीटीआई/File Photo



प्रतिक्रिया दिनुहोस्