Logo

स्वास्थ्यकर्मी र सशस्त्र प्रहरीको निगरानीमा सङ्क्रमित



काठमाडौँ, ५ असार । जिल्लाको शिखर नगरपालिका–३ आलीअतुराली गाउँ स्वास्थ्यकर्मी र सशस्त्र प्रहरीले निगरानीमा राखेको छ ।

‘गाउँमा खेलेआम घुम्दै कोरोना सङ्क्रमित’ भन्ने समाचार राष्ट्रिय समाचार समिति (रासस) मा केहीदिन पहिले प्रकासित भएपछि प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईको अध्यक्षमा जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकले उक्त गाउँमा उपचारका लागि स्वास्थ्यकर्मी तथा सुरक्षाका लागि सशस्त्र प्रहरी परिचालन गरिएको हो ।

उक्त गाउँमा परिचालन भएको स्वास्थ्यकर्मी टोलीले बिहीबार १५ जना अन्य व्यक्तिको स्वाब सङ्कलन गरी परीक्षणका लागि धनगढी प्रयोगशालामा पठाएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले बताएका छन् । उनले भने, “हामीले सङ्क्रमितका घरका १५ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि धनगढी प्रयोगशालामा पठाएका छौँ, रिपोर्ट नआउञ्जेलसम्म कसैलाई पनि गाउँ बाहिर जाने अनुमति दिएका छैनौँ ।” भारतबाट रोजगारी गरी दुई हप्ता पहिले घर आएका उक्त आलीअतुराली गाउँका १४ जनामा कोरोनाको सङ्क्रमण देखा परेको थियो ।

गत जेठ २० गते आलीअतुराली क्वारेन्टिनमा राखिएका २८ जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी धनगढी प्रयोगशालामा पठाएको थियो । कोरोना परीक्षणका लागि स्वाब पठाइएका मध्ये १४ जनामा असार १ गते कोरोना सङ्क्रमणको पुष्टि भएको रिपोर्ट आएपछि उच्च गाउँ कोरोनाको उच्च जोखिममा रहेको भन्दै बिहीबारबाट उपचारका लागि स्वास्थ्यकर्मी तथा सुरक्षाका लागि सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताएकाा छन् । “गाउँभरिका १४ जनामा कोरोना सङ्क्रमण देखिएपछि पूरै गाउँ नै जोखिममा भएकाले स्वास्थ्यकर्मी र सुरक्षाकर्मी परिचालन गरेका छौँ, बिहीबार पठाएको स्वाब परीक्षणका कोही पोजेटिभ देखिए गाउँ नै सिल गर्छौँ।”

स्वाब सङ्कलन गरी परीक्षणका लागि धनगढी प्रयोगशालामा पठाएको पिसिआरको नतिजा नआउँदै आफूहरुलाई घर पठाएका कारण गाउँनै कोरोनाको जोखिममा परेको एकजना कोरोना सङ्क्रमितले बताएका छन् । उनले भने, “कोरोना परीक्षणको रिपोर्ट आएको थिएन, हामीलाई घर पठायो, अहिले कोरोना पोजेटिभ आयो, गाउँ नै समस्यामा प¥यो ।” क्वारेन्टिन बसेका घरमा आएको चार दिनपछि कोरोना सङ्क्रमण भएको रिपोर्ट आएपछि अहिले गाउँमा कोरोना फैलिने भन्दै अन्य स्थानीयवासीमा त्रास फैलिएको स्थानीयवासी बलबहादुर बोगटीले बताएका छन् ।

उनले भने, “कोरोना रिपोर्ट नआउँदै क्वारेन्टिन बसेकालाई घर पठाइदियो, अहिले १४ जना सङ्क्रमण भएको रिपोर्ट आयो, कसरी गाउँमा जोगिने भन्ने चिन्ता बढेको छ ।” गएको जेठ १९ गते पहिलोपटक सो वडाका २५ वर्षीय एक युवामा कोरोना पुष्टि भएको थियो । उनी डोटीको पहिलो कोरोना सङ्क्रमित थिए । जेठ ११ गते गौरीफण्टा नाकाबाट श्रीमती र छोरासहित नेपाल भित्रिएका उनी १२ गतेदेखि शिखर नगरपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बसेका थिए । क्वारेन्टिन बसेकै बेला १६ गते साँझ उनको छोरामा स्वास्थ्य समस्या देखिएपछि छोरा र श्रीमतीसहित तीनजनालाई जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरी स्वाब परीक्षण गर्दा उनमा कोभिड–१९ पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्