Logo

रुसमा कोरोनाविरुद्धको खोप तयार हुँदै, तीन महिनापछि बजारमा आउने



एजेन्सी, ५ असार । अबको तीन महिनापछि कोरोना भाइरसको संक्रमण होला कि भनेर डराउनुनपर्ने भएको छ । कोरोनाविरुद्धको भ्याक्सिन तीन महिनाभित्र रुसमा उत्पादन शुरु हुँदैछ । यसको औपचारिक जानकारी समेत आएको छ ।

रुसमा क्लिनिकल परीक्षण सकिदै गर्दा आगामी अगष्ट या सेम्टेम्बर महिना देखि ठुलो परिमाणमा खोप उत्पादन शुरु गरिने त्यहाँका उपप्रधानमन्त्री टाटायाना गोलिकोभाले बताएकी छिन् । रुसी समाचार संस्था तासका अनुसार भेक्टर इन्स्टिच्युट खोप उत्पादनका लागि तयार भइसकेको छ ।

खोपको आधिकारिक प्रमाणिकरणपछि उत्पादन शुरु हुनेछ । अगष्टको शुरुमै परीक्षण सकिने र सोही महिना या सेप्टेम्बरभित्र ठुलो परिमाणमा उत्पादन हुने गोलिकोभाको भनाई छ । यसअघि नै उनले यही वर्षभित्र भ्याक्सिन विकास भइसक्ने र बजारमा आइसक्ने बताएकी थिइन् ।
भेक्टर रिसर्च सेन्टरसहित तीन रिसर्च सेन्टर खोप विकासमा लागेका थिए ।

विश्वका विभिन्न देशहरु खोप विकासको दौडमा छन् । त्यसमध्ये रुस पनि एक हो । अमेरिका, चीन, भारत, बेलायत, इजरायल, थाइल्यान्डलगायतका देशहरु खोप विकासमा सक्रिय छन् । कस्ले पहिले बाजी मार्ने हो भन्ने चासो सबैमा छ ।-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्