Logo

खाडी मुलुकमा मृत्यु भएका २० भन्दा बढी नेपालीको शव आइपुग्यो



काठमाडौँ ५ असार : खाडी मुलुकबाट चार्डर्ट विमान हुँदै नेपालीको शव नेपाल आइपुगेको छ । लकडाउनका कारण विदेशमा मृत्यु भएका नेपालीको शव उडान शुरु भए लगतै ल्याउने क्रम जारी रहेको छ ।

आज (शुक्रवार) बिहान कतार एअरवेजको चार्टर्ड विमानमा २० वटा नेपालीको शव ल्याइएको थियो। कुवेतबाट जजिरा एयरले  २ वटा शव र दुबईबाट आएको नेपाल एअरलाइन्सले एक जनाको शव ल्याएको जनाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्