Logo

लुकाई छिपाई राखेको काठ सहित पक्राउ



सिरहा, ५ असार । लुकाई छिपाई राखेको काठ सहित रोसन कुमार महत्र्तो बिहीबार दिउँसो पक्राउ परेका छन् । कर्जन्हा नगरपालिका बन्दीपुरका राम बृक्ष महत्तोको घरमा लुकाई छिपाई राखेको बिभिन्न साईजको अन्दाजी ७५ दशमलव १७ क्यूफिट काठ सहित राम बृक्षको स–मिल तथा फर्निचरमा काम गर्ने धनुषा क्षिरेश्वरका महत्तोलाई प्रहरीले पक्राउ गरेको हो ।

राम बृक्ष महत्तोले अबैध रुपमा स–मिल तथा फर्निचर संचालन गरी सालको काठ चिरान गरी बिक्री बितरण गर्नको लागि आफ्नै घरमा काठ लुकाई छिपाई राखेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको काठहरु र काठ चिरान गर्न प्रयोग हुने बिभिन्न मेसिनरी औजारहरु ९ थान समेत फेला पारेको प्रहरीले जनाएको छ ।

बरामद काठ सहित रोशन कुमार महत्तोलाई आवश्यक कार्वाहीको लागि डिभिजन वन कार्यालय लहान सिरहा पठाएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्