Logo

भान्छामा व्यस्त नायिका वेनिशा



काठमाडौ, ५ असार । नेपाली चलचित्रकी नायिका वेनिशा हमाल अहिले लकडाउनको कारण घरमा छिन् । चलचित्र ‘झ्याईकुटी’, ‘ब्लाइन्ड’ आदीमा राम्रो अभिनय गरेकी वेनिशा हमाल पछिल्लो समय भने चलचित्रमा काम गरेकी छैनन् । चलचित्र ‘ब्लाइन्ड रक्स’मा दृष्टिविहिन को भुमिकामा अभिनय गरेकी वेनिशाले उक्त फिल्मबाट ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समेत हात पारेकी थिइन् ।

पुरस्कार जितेसंगै अन्य नायिकाहरुले काम गरिरहदा वेनिशा भने निर्देशकको आँखामा पर्न सकेकी छैनन् । मिडियामा भिजे जक्की हुँदै सिनेमा क्षेत्रमा प्रवेश गरेकी वेनिशा चलचित्र ‘घर’ पछि चलचित्रमा अभिनय गरेकी छैनन् । सामाजिक सञ्जालमा सक्रिय रहेकी वेनिशाले आज भान्छामा काम गर्दै गरेको सुन्दर तस्वीर सेयर गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्