एजेन्सी, ५ असार । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा स्थायी सदस्यता पाऐका पाँच राष्ट्रहरुलाई विश्वको मामिलामा साझा धारणा प्रस्तुत गर्न प्रस्ताव राखेका छन् । अब हुने संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको सम्मेलनमा विश्व मामिलामा केन्द्रित हुन प्रस्ताव राखेको विषय पुटिनले लेखेका अर्टिकल द हिस्ट्री अफ वल्र्ड वार २ मा उल्लेख गरिएको छ ।
पुटिनद्वारा लिखित आर्टिकल द नेश्नल इन्टेष्ट्र जर्नलमा प्रकाशित गरिएको छ । सुरक्षा परिषदमा रुस,चीन, फ्रान्स, अमेरिका र वेलायतहरुले स्थायी सदस्य रहेका छन् । सुरक्षा परिषदको सम्मेलनमा सदस्यहरुलाई शान्ति संरक्षण, वैधिक र क्षेत्रीय सुरक्षा सुद्विकरण, राणनीतिक हतियार नियन्तरणको साथै आंतकवाद, कट्टरपन्थीबाद, अन्य प्रमुख चुनौती र खतराहरुको प्रतिरोध गर्ने संयुक्त प्रयासका मुद्दाहरुको बारेमा खुलस्त रुपमा आफ्ना कुराहरु राख्न पुटिनले प्रस्ताव राखेको प्रकाशित अर्टिकलमा उल्लेख गरिएको छ ।
जारी महामारी र महामारीका कारण अर्थव्यवस्थालाई पुगेको क्षतीमा केन्द्रित रही छलफल गर्न सुरक्षा परिषद प्रमुकखको हैसियतले प्रस्ताव अगी सारेको उल्लेख गरिएको छ । अन्तराष्ट्रिय सम्बन्धको आधुनिक प्रणाली दोस्रो विश्व युद्वको सबैभन्दा महत्वपूर्ण नतिजाहरु मध्ये एक हो, र आजका विश्व नेताहरुले यसको संरक्षण र सुधार गर्न ग्यारेन्टी गर्नुपर्ने पूटिनले अर्टिकलमा उल्लेख गरेका छन् सुरक्षा परिषद संग रहेको भिटो पावरलाई हटाउन आवहन गरिएको विषय गैरजिम्मेवारी पूर्ण रहेको उल्लेख गरिएको छ । आगामी हुने सम्मेलनमा सम्पूर्ण राष्ट्रहरुलाई पूर्वसूचना र यद्वकालका अभिलेखहरुलाई सार्वजनिक गर्ने प्रक्रिया अगाडी बढाउन आवहन गरेको जनाइएको छ । रुस व्यापक मात्रामा अन्तराष्ट्रिय सहयोग गर्न तयार रहेको अर्टिकलमा जिकिर गरिएको छ ।
नेश्नल इन्टरेस्ट जर्नलमा प्रकाशित रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनको लेखमा आधारित