काठमाडौँ, ६ असार । भेरी नगरपालिका–४ का सुदीप खड्काको शारीरिक चोट विस्तारै ठीक हुँदैछ । टाउको, काँध, हात, पिँडुला, ढाड सबैतिर चोट छ तर त्यो चोट विस्तारै सञ्चो हुँदै गइरहेको छ ।
बेलाबेला घटनाको पीडा र त्रासले सताइरहेको छ । कहिलेकाहीँ घटना सम्झेर उनी झस्किरहेको छ । भेरी नगरपालिका–४ का नवराज विकसहित छ जनाको ज्यान जाने गरी गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी–८ सोतीमा भएको घटनामा सुदीप घाइते भएको थियो । उनीसहित १२ जनाले बल्लतल्ल ज्यान जोगाउन सफल भयो तर मरणासन्न हुनेगरी पिटिए ।
सुदीपलाई प्रहरीले उद्धार गरी मिसन अस्पताल लगेको थियो । त्यहाँ उनलाई सकसपूर्ण दुई रात बिताउनुप¥यो । घाउ पूरा निको नभए पनि उनी त्रासकै कारण घर फर्किनुप¥यो । प्रहरी, सञ्चारकर्मी र अन्य आफन्तले के भएको हो रु कसरी घटना भयो रु सोधेर हैरान पारेपछि आफू घर आएको सुदीपको भनाइ छ । बेलाबेला उनलाई त्यही नवराज लगायतका साथीहरूले बचाउ बचाउ भनेको आवाज कानमा गुञ्जिरहन्छ ।
“सुतेका बेलासमेत मलाई नमार्नुस् भन्छ,” मदनकी आमा लक्ष्मी शाहीले बताएका छन् ।
सुविधा सम्पन्न अस्पतालमा लगेर शारीरिक र मानसिक समस्याको उपचार गर्ने सोच भए पनि आर्थिक अभावले कतै लैजान नसकेको उनले बताएका छन् । घरी पुलिसले बोलाउँछ, घरी युट्युबर लगायत आउँछन्, बोलाउँछन् । “थरिथरिका मान्छेलाई कति बयान दिनु ?” लक्ष्मीले भने, “अहिले पनि छोरो डराइरहेको छ ।” त्यही बयानकै कारण उनीहरूलाई फेरि आफूमाथि हमला होला भन्ने डर पनि छ । घाइते सरोज भडेलले भने, ‘कतिबेला कहाँ हामीलाई फेरि हमला गर्छन् । घर बाहिर निस्कँदा पनि डर लाग्छ । हाम्रो सुरक्षा कसले गर्छ ?’
भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले घाइतेको जिल्लामै सामान्य उपचार गराउन सघाएको छ । उनले हाल घाइतेको जिल्लाबाहिर लगेर उपचार गर्ने पहल भइरहेको जानकारी दिएका छन् । (गोरखापत्रबाट)