Logo

सुदूरपश्चिममा ४७ सय ५९ जनाको संकलित नमुना परीक्षण बाँकी



कैलाली, असार ६ । सुदूरपश्चिमका विभिन्न जिल्लाबाट कोरोना परीक्षणका लागि संकलन गरीएको चार हजार सात सय बढिको थ्रोट स्वाबको नमुना परीक्षण हुन सकेको छैन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रवार साँझ सार्वजनिक गरेको तथ्याङक अनुसार प्रदेशभरी संकलन गरीएका चार हजार सात सय ५९ जनाको नमुना परीक्षण गर्न बाँकी रहेको जनाइएको छ ।

तीन हजार ४७ जनाको नमुना धनगढी प्रयोगशालामा र एक हजार सात सय १२ जनाको काठमाडौं प्रयोगशालामा परीक्षण गर्न बाँकी रहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्