Logo

डडेल्धुरा सदरमुकाम अनिश्चितकालिन सिल



डडेल्धुरा, असार ६ । शुक्रबार दिउँसो ३ बजेदेखि लागु हुने गरी डडेल्घुरा सदरमुकाम सिल गरीएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि सदरमुकाम सिल गर्ने निणर्य गरिएको प्रमुख जिल्ला अधिकारी दधिराम न्यौपानेले बताएका छन्।

अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र आग्रह गर्दे सरकारी कार्यालय र स्वास्थ्य सेवाबाहेकका सेवा समेत हाललाई बन्द गरिएको उनको भनाई छ । हाल जिल्लामा एक सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत विहिबार मात्रै जिल्लाभर ८३ जनामा कोरोना पुष्टि भएपछि संयम अपनाइएको जनाइएको छ ।

शुक्रबारसमेत छ जनामा संक्रमण देखिएपछि आवत जावतमा समेत कडाई गरिएको हो । जिल्लास्थित गन्यापधुरा गाँउपालिकाले समेत पालिका भित्र कोरोना संक्रमितको संख्या बढेपछि स्वास्थ्य सेवा बाहेकका अन्य पसल, कार्यालय नखोल्न विज्ञप्ति जारी गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्