Logo

पेट्रोल पम्पबाट जुवाडे पक्राउ



काभ्रे, ६ असार । जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । बनेपा नगरपालिका स्थित पाँचकुमारी पेट्रोल पम्प रहेको भवनमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउकाँ जनक तिमिल्सिना समेत ६ जना नगद ६ लाख ५४ हजार ५ सय रुपैयाँ र ४ बुक तास सहित पक्राउ परेका हुन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उक्त भवनको माथिल्लो तल्लामा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्