Logo

७ वर्षीया बालिका बेचबिखनका अभियुक्त पक्राउ



मकवानपुर, ६ असार । मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेको अभियोगमा रानी भन्ने ज्योती चौधरी बिहीबार दिउँसो पक्राउ परेकी छन् । मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेको अभियोगमा भारत बिहारकीे चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

७ वर्षीया बालिकालाई ललाइफकाई मानव बेचबिखन तथा ओसारपसार गर्ने उद्देश्यले प्रदेश ३–०३–००१–ह ००६१ नम्बरको अटोमा बारा जितपुर हुँदै भारततर्फ लैजाने क्रममा मकवानपुर हेटौंडा उपमहानगरपालिका पशुपतिनगरस्थित सडकबाट चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्धामा जिल्ला अदालत मकवानपुरबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्